मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणम सार्वजानिक भएसँगै गण्डकी प्रदेशसभाको भवन सजावट गर्न थालिएको छ । नयाँ सांसदको लागि संसद भवन सजाइन लागिएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयले संसद भवन मर्मत गर्दै रंगरोवनले सजावत गर्न लागेको हो । पुराना जीर्ण भवन चुइने भएपछि टाल्ने काम भइरहेको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले बताए । गण्डकी प्रदेशमा १८ निर्वाचन क्षेत्रका ३६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रदेशमा सवै नतिजा आएपछि सांसदलाई शपथ ग्रहण कार्यक्रमको पनि तयारी भइरहेको उनले बताएका छन् । ‘कहा“, कहिले र कसरी गर्ने भनेर यसको लागि तयारीमा जुटेका छौ । छलफल भइरहेको छ’ उनले भने ।
प्रदेशसभामा सहभागी हुने दलको आधारमा उनीहरुको लागि संसदीय दल र संसदीय समितिका छुट्टाछुट्टै कोठा बनाइने सचिवालयले जनाएको छ । संसद सचिवालयमा पुस्तकालयको स्थापना गर्ने, कम्पाउण्ड मर्मतस“गै सरसफाई गर्ने कार्य नियमित भइरहेको सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले संसदीय दलको लागि कोठा अपुग हुने भएकाले नया“ थप कोठा बनाउने तयारी पनि भइरहेको बताएका छन् । प्रिफ्यावबाट बनाइएका अहिले तीन दलको लागि भवन छन् । प्रिफ्यावकै अर्को भवन थप गरिने सुवेदीले बताएका छन् । उनले पिजन हलमा पिजन बक्सकोसमेत व्यवस्था गर्ने गरि तयारी भइरहेको बताए । सभामुख र उपसभामुखको निवास पनि मर्मत गर्ने काम भइरहेको सचिवालयले जनाएको छ । दैनिक उपभोगीय अत्यावश्यक वस्तु फेरबदल गर्ने र पुराना फर्निचर रंगरोवन गरेर प्रयोग गर्ने गरि तयारी भएको सचिवालयले जनाएको छ ।
