नेकपा एमालेले धनश्याम भुषाल र प्रभु शाहलाई कारबाही गरेको छ । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको हो । शनिबार बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको छ ।
चुनाव अघि नै एमाले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुषाल र शाह स्थायी समिति सदस्यबाट निष्कासित भएको पार्टीका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा परेका छन् । कन्द्रीय सदस्यहरू रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित भएका छन् । दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ ।
पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्तीमा परेका छन् ।
