नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको १३ वार्षिक साधारणसभा स्याङ्जाको वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटीले पत्रकारिता समाजको ऐना भएको बताउँदै पत्रकारले सत्यतथ्य उजागर गरी विकृतिका विरुद्धमा उभिनुपर्ने बताएका थिए । उनले पत्रकारको आर्थिक उपार्जनको समस्या बुझ्नुपर्ने र पत्रकारको बृचि विकासमा राज्यले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा काँग्रेस जिल्ला कार्यवहाक सभापति केदार काफ्ले, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले जिल्लाको पत्रकारिताको विषयमा चर्चा गरेका थिए । जिल्ला प्रहरी प्रमुख राजीव बस्नेतलगायतले श्रमजिवी पत्रकारको हित र प्रेस स्वतन्त्रको पक्षमा लागिरहनुपर्ने बताएका थिए । सशस्त्र प्रहरी प्रमुख राजनलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख विरेन्द्रसिंह कार्की, नेपाली सेनाका निमित्त प्रमुख अनुपम अर्याल र जिल्लाका क्रियाशिल पत्रकार लगायतको सहभागीता थियो ।
साधारण सभाको बन्द सत्रमा महासंघका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देल, सचिव प्रतीक्षा काफ्ले र कोषाध्यक्ष रमेश गोदारले प्रतिवेदन पेश गरेका थिए । २०६३ सालमा प्रकाश ढकालको अध्यक्षतामा ९ सदस्यीय समितिबाट पत्रकार महासंघको स्थापना भएको महासंघका जिल्ला सचिव प्रतीक्षा काफ्लेले जानकारी दिइन् । उनका अनुसार महासंघ १६ वर्षमा पुगेको छ । शनिवार १३ औँ बार्षिक साधारसभा मनाइहदा हालसम्म महासंघका हालसम्म ५ वटा अधिवेशन सम्पन्न भएको काफ्लेको भनाई थियो । यस्तै, २०७७ चैत २५ मा आफ्नो समिति गठन भएको बताउदै उनले हालसम्म महासंघका ६ वटा वैठक बसेको र कोरोना कहरको समय भएकाले त्यस अवधिमा पनि महासंघले विभिन्न काम गर्दै आएको बताइन् । पत्रकार महासंघमा ४३ सदस्य छन् । विहीवार वालिमा बसेको महासंघको छैठौ वैठकले १६ जना नयाँ सदस्य गरेको सचिव काफ्लेको भनाई छ ।
पछिल्लोसमय स्याङ्जामा व्यवसायीक पत्रकारिता फस्टाउदो रहेको बताउँदै सचिव काफलेले भनिन, ‘मोफसलमा बसेर पत्रकारिता गर्दा राष्ट्रिय मिडियामा पहुँच बढेको छ । पत्रकारितामा नै निर्भर रहेर जिविकोपार्जन गर्ने पत्रकारको पनि संख्या बृद्धि भएको छ । यो स्याङ्जा पत्रकारिताको सवल पक्ष हो ।’ उनले महासंघमा अहिले भवन निर्माणको काम निकै चुनौति रहेको बताइन् । भवन निर्माणको काम पहिलो प्राथमिकतामा रहेको बताउदै उनले पत्रकारलाई सांगठानिकरुपमा बलियो बनाउन, सदस्य आह्रवान गर्ने र थप क्षमता अभिबृचि गर्ने साथै पालिका पालिकामा पत्रकार उत्पादन गर्ने लक्ष्य महासंघको रहेको बताएकी छन् । पत्रकार महासंघ स्थापना भएको १६ वर्ष पुग्दा स्याङ्जा पत्रकारिताको कुनै पनि दस्तावेज नरहेको सचिव काफलेले बताएकी छन् । उनका अनुसार स्याङ्जा पत्रकारिताको दस्तावेज राख्नको लागि महासंघले स्मारिका निकाल्ने तयारी गरेको छ ।
