ज्येष्ठ सदस्यको रुपमा राणाले लिए शपथ

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभा सदस्यमध्ये ज्येष्ठ सदस्यको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर राणाले पद तथा गोपनियताको शपथ लिएका छन् । समानुपातिकतर्फ निर्वाचित सांसद राणाले बुधबार राष्ट्रपतिबाट शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथ ग्रहण गराएकी हुन् । राप्रपाका पूर्वअध्यक्ष समेत रहेका ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुन् । गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदलाई बिहीबार राणाले शपथ ग्रहण गराउने छन् । त्यसपछि संसद्‍ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्‍को अध्यक्षता गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *