दाहाल पुगे शीतल निवास

Share this post :

Facebook
Twitter
WhatsApp

माआोवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल सरकार गठनका लागि दावी गर्न शितल निवास पुगेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र दाहाल राष्ट्रपति निवास शितल निवास पुगेका छन् । आइतबार दिउँसो ओली निवास बालकोटमा बसेको नयाँ गठबन्धन दलहरूको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष दाहाललाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने सहमति भएसँगै शितल निवास पुगेका हुन् । त्यसपछि सरकारको नेतृत्व एमालेले गर्ने बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत दलहरूको सहमतिसहित दाबी गर्न आइतबार साँझ ५ बजेसम्मका लागि दिएको समयसीमा सकिनै लाग्दा उनीहरु शीतल निवास पुगेका हुन् । यसका लागि एमाले र माओवादीसहित विभिन्न सात दलको सहमति छ । जसअनुसार संसद्‍मा १६६ सांसदहरूले दाहालको नेतृत्वको सरकारलाई समर्थन जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *