प्रदेश सभामुख भागबन्डा माओवादी केन्द्र ४, एमाले २ र राप्रपालाई १

Share this post :

Facebook
Twitter
WhatsApp

सत्ता गठबन्धनमा प्रदेशसभा सभामुख, उपसभामुखको भागबन्डा भएको छ । जस अन्र्तगत नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने छ भने एमाले २ र राप्रपाले १ सभामुख पाउने छ । प्रदेश १ मा माओवादी केन्द्रको सभामुख र एमालेको उपसभामुख हुने छ । वाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्ने छ ।
त्यसैगरी गण्डकी प्रदेशसभा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेले प्राप्त गर्ने छ । लुम्बिनीमा सभामुख माओवादी केन्द्र र उपसमाभुख राप्रपाले प्राप्त गर्ने छ । कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख परेको छ । नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दाबी गर्दै आएको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले सभामुख प्राप्त गर्ने छ । नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा प्रस्ताव गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *