आज विहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ । दलका संसदीय दलका बैठकका कारण पछि सारिएको हो । नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । काँग्रेसको आग्रहमा समय सारिएको संसद सचिवालयले जनाएको छ । कांग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत राख्न दलमा प्रस्ताव गरेका छन् । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ ।
छुटाउनुभयो कि
महिला र बालबालिकाको मुद्दामा संवेदनशील हुन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला र बालबालिकाको मुद्दामा संवेदनशील हुन प्रहरीलाई निर्देशन दिएका छन् । शनिवार गण्डकी प्रदेश प्रहरी…
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त…
पुस १४ गते गण्डकीका सांसदलाई शपथ
आगामी पुस १४ गते गण्डकी प्रदेशका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेशसभा सचिवालयका अनुसार पुस १३…