पोखरामा विमान दुर्घटना: चालक दलसहित ७२ यात्रु सवार

Share this post :

Facebook
Twitter
WhatsApp

आइतबार विहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३–३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो । पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो । प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *