रबिबिरूद्ध अर्को उजुरी

Share this post :

Facebook
Twitter
WhatsApp

रबि लामिछाने बिरूद्ध दोहरो पासपोर्ट लिएको आरोपमा अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज सफलले अध्यामन बिभागका महानिर्देशक समक्ष मंगलबार उजुरी दर्ता गरेका छन्।
उजुरीको संक्षिप्त ब्यहोरा-
‘अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन लागेको छ भने तहकिकात र कारबाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ विपरीतको दण्डनीय कार्य गर्ने रवि लामिछानेलाई अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम हदैसम्मको सजाय गरी पाऊँ। साथै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट माघ १३ गतेको फैसला अनुसार लामिछानेमाथि छानबिन गर्ने सम्बन्धमा सम्बन्धित निकायले कसरी छानबिन गरिरहेको छ जानकारी पाउँ।
लामिछानले आफू अमेरिकी नागरिक भएको बखतमा केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्नसक्ने नेपाली राहादनी प्राप्त गर्ने जुन कार्य गरेका छन् सो कानुनद्वारा बर्जित र दण्डनीय छ । अध्यागमन ऐनको दफा ५ विपरीत भई दफा १० अन्तर्गत दण्डनीय भएको हुँदा सो ऐनको दफा ८ बमोजिम तत्कालै र शक्तिशाली व्यक्ति हुन् भनी कुनै पनि मोलाहिजा नगरी छानबिन र कारबाही प्रक्रिया अघि बढाइ निज रबि लामिछानेलाई कानुनको दायराभित्र ल्याउने कर्तब्य यहाँले पूरा गर्नु हुनेछ भनी यहाँलाई जानकारी दिन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *