डुवानमा फसेका चार जनाको सकुशल उध्दार

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका-२७ स्थित दिपाङ्ग तालमा झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद उध्दार टोलिले सकुशल उध्दार गरेको छ ।

गुल्मी स्थायी घर भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षका रामबहादुर अधिकारी, वर्ष ३९ कि सृजना अधिकारी, वर्ष ६ को आयुष अधिकारी र वर्ष ४ की आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयको सूचनाका आधारमा विहान ८ बजे उध्दार गरिएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *