राजमार्ग आसपासका होटल तथा रेष्टुरेन्टमा छड्के अनुगमन

Share this post :

Facebook
Twitter
WhatsApp

श्रम रोजगार कार्यालय गण्डकी प्रदेश र बाल परिषद् समिति गण्डकी प्रदेशले बालश्रमको अवस्थाबारे अनुगमन गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लामा पर्ने होटल तथा रेष्टुरेन्टमा बालश्रमको अवस्था बुझ्न छड्के अनुगमन गरेको हो ।

श्रम रोजगार कार्यालयका प्रमुख सुरेश ढकालको नेतृत्वमा गरिएको अनुगमनमा बाल परिषद गण्डकी प्रदेश प्रमुख बद्री वाग्ले र राजमार्गसंग जोडिने सम्बन्धित पालिकाका बालबालिका शाखा प्रमुखको सहभागीता थियो । दिनभरी २१ वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गर्दा २ वटा होटलमा मात्रै बालबालिका प्रयोग गरेको देखिएको ढकालले प्रतिपत्र अनलाइनलाई जानकारी दिए ।

‘उनीहरूलाई पहिलोपटक सचेत गराएर छाडिएको छ’ ढकालले भने, ‘होटल साहुसँग बालबालिकाको ठेगना र परिचय खुल्ने कुनै विवरण रहेनछ । विवरण खुल्ने परिचयपत्र राख्न, अभिभावकको अनुमतिको पत्र राख्न र १८ वर्षभन्दा मुनीका बालबालिकालाई काममा नलगाउन सचेत गरिएको छ ।’ उनले १८ वर्ष उमेर नपुगेका बालबालिकालाई काममा लगाएको देखिएमा रेस्क्यु गरिने बताए ।

यसअघि बालबालिका प्रयोग गरेको अवस्थामा बालबालिका रेस्क्यू गरेकाले पछिल्लोसमय कम प्रयोगमा देखिएको बाल परिषद्का वाग्लेले बताए । उनले तनहुँ जिल्लाबाटै राजमार्गका विभिन्न होटलमा बालश्रम भेटिएकाले यसअघि पनि रेस्क्यु गरिएको र साहुलाई सचेत गराएर छाडिएको बताए । ‘पटकपटक बालबालिका लगिएकाले पनि अहिले धेरै सचेत भएको पाइयो’ उनले भने । अनुगमन कार्यक्रममा संचारकर्मीको पनि सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *