एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ । यो अन्तिम नामावली भएको एमालेका एक नेताले बताए । नयाँ मन्त्रीहरुको शपथ आजै हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए । संविधानको धारा ७६ (२) अनुसार कांग्रेससहितको समर्थनमा ओलीले शुक्रबार राति राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *