प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपर क्रिकेट रंगशालाको स्तरोन्निति गरेर सुविधा सम्पन्न गराउने निर्णय गरेका छन् ।
सोमबार कार्यभार सम्हालेका उनको यो पहिलो निर्णय हो । यसका लागि ३ सय दिनको समयसीमा तोकिएको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेपछि प्रधानमन्त्री कार्यालय पुगेका उनले ३ सय दिनभित्र उक्त रंगशालामा दर्शक बस्न मिल्ने प्याराफिट, रात्रीकालीन खेलका लागि फ्लडलाईट जडान गर्ने लगायत आवश्यक संचरना बनाउने निर्णय गरेका हुन् ।
Post Views: 68