अपाङ्गता भएका व्यक्तिलाई विद्यालयमा अझै पनि छैन सहज

Share this post :

Facebook
Twitter
WhatsApp

अपाङ्गता भएका व्यक्तिलाई अध्यापन गर्नको लागि छुट्टै विद्यालय नहुँदा पठनपाठनमा विभेद भएको बताएका छन् । अपाङ्गता भएका बालबालिकाका अभिभावकले छोराछोरी अपाङ्गता भएकै कारण पढाईबाट बन्चित हुनुपरेको बताएका हुन ।
नेपालमा अपाङ्गता समावेशी शिक्षा तथा सिकाईको विश्वव्यापी ढाँचा प्रर्वद्वन परियोजना अन्तर्गत स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराको आयोजनामा सरोकारवालाबीच अपाङ्गता समावेशी शिक्षा तथा सिकाईको विश्वव्यापी ढाँचा सम्बन्धि नीति संवाद कार्यक्रममा सहभागीहरुले सो गुनासो गरेका हुन् ।
बौद्विक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष रामनारायण श्रेष्ठले ‘अपाङ्गता शिक्षा नीति’बारे चासो देखाए । उनले अपाङ्गता भएका व्यक्तिको लागि शिक्षा नीति नआएको बताउदै अन्य विद्यालयमा भर्नासमेत नलिने गरेको गुनासो गरे । ‘अपाङ्गता भएका व्यक्ति पढाउने विद्यालय कहाँ छन् त ?’ उनले आयोजकलाई प्रश्न गरे । कार्यक्रममा गण्डकी प्रदेश सरकारको शिक्षा मन्त्रालयका प्रतिनिधि, पोखरा महानगरका प्रतिनिधि, अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावक लगायतको सहभागीता थियो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी उपसचिव दिव्या दवाडीले समावेशी शिक्षाको महत्त्व र आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरिन् । उनले अपाङ्गता भएका व्यक्तिप्रति आज पनि समाजमा जानेर या नजानेर पक्षपात गर्ने गरेको अनुभव सुनाईन् । २०७४ मा समावेशी शिक्षा नीति आएता पनि २०७६ मा राष्ट्रिय शिक्षा नीति आएपछि समावेशी शिक्षा नीतिलाई राष्ट्रिय शिक्षा नीतिमै परिमार्जन गरिएको उनले बताइ । । ‘अपाङ्गता भएका व्यक्ति पनि केही न केही सिक्न र पढ्न चाहान्छन तर पाउँदैनन्’ उनले थपिन् ।
स्कुलमा प्रध्यानाध्यापक माने पनि अन्य शिक्षकले विरोध गर्दा अपाङ्ग बालबालिका पढ्न रोक लगाएका उदाहरण लोकनाथ आचार्यले जानकारी दिए । शिक्षा विकास समन्वय ईकाइका प्रमुख आचार्यले प्रध्यानाध्यापकले चाहेर पनि शिक्षकले विरोध गर्दा अपाङ्गता भएका व्यक्तिलाई पढाउन नसकिएको उदाहरण दिए । कार्यक्रममा सहभागी सरु अधिकारीले पछिल्लोसमय बालबालिकामा बढी अटिजम देखा परेको बताइन् । उनले यस्ता व्यक्तिहरुलाई सरकारले हेरचाह गर्ने व्यक्तिको पनि व्यवस्था गर्नुपर्ने माग राखिन् । अपाङ्गता भएका व्यक्तिको लागि उपयुक्र्त संरचना नभएको सहभागीहरुको भनाई थियो । समावेशी शिक्षा भनिरहदा अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह राखेर पठनपाठन गराउन नसकिने अभिभावकहरुको भनाई छ । ‘सवै प्रकृतिका व्यक्तिलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदा पीडामाथि पीडा हुन्छ’ पोखरा १७ का नगेन्द्र गुरुङले भने ।
आयोजक संस्थाकी महासचिव अन्जना केसीले अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा बोल्ने र कार्यान्वयन गर्ने पक्ष कमजोर देखिने प्रवृत्ति रहेको सुनाइन् । उनले अपाङ्गता बालबालिकालाई पनि अध्ययनमा रुची हुँदा पढ्नबाट बन्चित हुनुपरेको समस्या बढ्दै गएको उदाहरण दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *