आफ्नै गाउँ (नगरपालिकाभित्र)मा अत्यधिक बजेट विनियोजन गरेको आरोप लागेपछि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे सरुवा भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा फाजिलमा राख्ने निर्णय गरेको हो । स्राेतका अनुसार सचिव पाण्डे अबदेखि मुख्यमन्त्री कार्यालयअन्तर्गत ‘जगेडा’मा रहनेछन् ।
अगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणका क्रममा सचिव पाण्डेमाथि ‘पदीय प्रभाव’ प्रयोग गरेर आफ्नै गृहपालिका तनहुँको भानु नगरपालिकामा, विशेषगरी वडा नं. ८ मा, अस्वाभाविक बजेट पार्ने प्रयास भएको आरोप लागेको थियो ।
Post Views: 2