बाराहीघाटमा “तेस्रो तीज साँस्कृतिक महोत्सव”

Share this post :

Facebook
Twitter
WhatsApp

विगतमा जस्तै यसवर्ष पनि पोखराको लेकसाइडको बाराहीघाटमा तीज महोत्सव हुने भएको छ । हरितालिका तीजको अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा भदौ १० र ११ गते दुई तेस्रो तीज साँस्कृतिक महोत्सव हुने बताइएको छ ।

आयोजक संस्था टेवानले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै पर्यटन क्षेत्रका सम्भावना, अवसर र चुनौतीहरुलाई गीतको माध्यमबाट प्रचारप्रसार गरिने बताएको छ । महोत्सवमा विशेषतः तीज गीत प्रतियोगिता हुनेछ । गण्डकी प्रदेशका एघार वटै जिल्लाबाट सहभागी हुने संस्थाकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिइन् ।

हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पु¥याऔ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा महिला शशक्तीकरणसम्बन्धि टक सो (संवाद कार्यक्रम), मेहेन्दी जोन, रस्साकसी, साडी दौड, घैटो फुटाउने जस्ता कार्यक्रम संचालन हुनेछन् । गत वर्ष ३० समूहको प्रतिस्पर्धा रहेको तीज गीत प्रतियोगिता यसवर्ष अझै उत्साहपूर्ण हुने संस्थाकी पूर्व अध्यक्ष कमला गिरीले जानकारी दिइन् । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् ।

१७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवलाई सफल बनाउन पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरको वडा नम्बर ६ लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको आर्थिक सहयोग रहेको छ । पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले आगामी वर्षको लागि तीज महोत्सवलाई रातो कितावमा नै बजेट सम्बोधन गरिने बताए ।

नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतहरूलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष पाण्डे बताउँछिन् ।

महोत्सव संयोजक शान्ता तिमिल्सिनाका अनुसार महोत्सवमा पहिलो दिन विहान साढे १० बजे हल्लनचोकबाट बाजागाजासहित भव्य ¥याली निकालिने छ । पर्यटन व्यवसायीका संघसंस्था, आमा समूह, दिदी बहिनी समूह र विविध सांस्कृतिक समूहको सहभागिता रहने उक्त ¥यालीपछि उद्घाटन समारोह हुनेछ । सोही दिनबाट खुला तीज गीत प्रतियोगिता सुरु हुनेछ । दोस्रो दिन विहान १० बजेबाट खेलकुद प्रतियोगिता सुरु हुनेछ । खेलकुदसँगै दुईवटा ‘टक सो’ हुनेछन् ।

यो महोत्सवले परम्परागत भेषभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमलाले बताइन् । ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन्’ उनले भनिन् ।

महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन ठोस योगदान पु¥याउने बताइएको छ । पोखराको सुस्त अर्थतन्त्रलाई चलायमान गराउन यो महोत्सवले प्रत्यक्ष सहयोग पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक गौरवलाई पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तीज महोत्सवले भूमिका खेल्ने बताए । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले विदेशी पर्यटकलाई तीजको महत्व बुझाउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *