हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ ।
आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुने छ भने राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Post Views: 1