फरार दुई कैदीबन्दी स्याङ्जाबाट पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जेन्जी आन्दोलनको बेला फरार रहेका दुई कैदीबन्दीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ३४ वर्षिय विनोद दर्जी र भीरकोट नगरपालिका–३ का यमबहादुर रोका रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला कारागार स्याङ्जामा बुझाइएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।

दर्जी केन्द्रिय कारागार जगन्नाथदेवल काठमाडौमा जवरजस्ती करण मुद्दामा सजाय भुक्तान गर्दै आएका थिए । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते राती भागेका हुन् । सादा पोषाकमा खटिएको प्रहरीको टोलीले उनलाई विरुवा गाउँपालिका–६ धरादीबाट पक्राउ गरिएको डीएसपी चौधरीले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका रोकालाई घरबाट नै पक्राउ गरिएकोे हो । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा केन्द्रिय कारागार लगायत देशभरका कारागारमा तोडफोड र आगजनी हुँदा कयौँ संख्यामा कैदीबन्धीहरु भागेका थिए । कतिपय सम्पर्कमा आएका छन् भने अझै केही संख्यामा फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजीका लागि प्रहरीले सूचना आह्रवान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *