- सरकारले केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ ।
- जेनजी आन्दोलनलाई दमन गरेको आरोपमा अनुसन्धान गर्न राहदानी रोक्का गर्न लागिएको हो ।
- सरकारले दमन र नेताको घरमा भेटिएको नगदबारे अनुसन्धान गर्न लागेको छ ।
सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्कालगायत शीर्ष नेताको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारले तयारी गरेको हो ।
गत भदौ २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको स्रोतले जनाएको छ ।
Post Views: 58