नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दिउँसो १ बजे बस्ने भएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा महाधिवेशनसम्बन्धी कार्यविधिबारे छलफल गर्ने एजेन्डा छ ।
त्यस्तै महाधिवेशन आयोजक समितिको टुंगो लगाउने र विभिन्न दलहरूसँग एकताबारे छलफल गर्ने एजेन्डा पनि तय भएकाे उनले प्रतिपत्रलाई जानकारी दिए ।
Post Views: 12