अर्गानिक खेतीका दुखः

Share this post :

Facebook
Twitter
WhatsApp
विक्रीको लागि टमाटार टिप्दै कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेका कृषक शिवहरी दाहाल । तस्बिर प्रतिपत्र ।

तरकारीमा कुनै विषादी राखिदैन । शुद्ध अर्गानिक खेती गरेका छौ । तर, अर्गानिक खेतीको कुनै मुल्य छैन । विषादी प्रयोग गरि विक्री गर्नेको मुल्य छ, हामीजस्ता इमान्दार कृषकको बजारमा कुनै भ्यालु छैन । यो भनाई अन्नपूर्ण गाउँपालिका–१ लेवाडेका ४८ बर्षिय शिवहरी दाहालको हो । दाहाल विगत दुई बर्षदेखी तरकारी खेतीमा आवद्ध छन् ।
यतिबेला उनको घर वरिपरीको बारीमा लटरम्म गोलभेँडा खेती छ । भन्छन, ‘टमाटारमा विभिन्न औषधी राख्नुपर्ने । हाँगादेखी पातसम्म मरेका छन् । फल ठूला भएका छैनन् । बोट यत्तिकै मर्न थालेका छन् । यसमा अलिकति विषादी राखिदिने हो भने सवै जाग्छन । फल पनि ठूला हुन्छन् । खेती किन कुइन्छ भन्ने डर हुन्छ र ? बजारमा लगे मुल्य पनि पाइन्छ । तर, यो केही नगर्दा तरकारीको मुल्य पर्दैन ।’ उनले शुद्ध अर्गानिक खेती गर्ने लक्ष्य अनुसार विगत दुई बर्षदेखी व्यवसाय थालेको बताए ।
अर्गानिक तरकारी ग्राहकले सस्तोमा किन्न खोज्ने तर आफूहरुले बजारको तरकारी भन्दा केही रुपैया महङगोमा बेच्न खोज्ने गरेको उनले बताए । पहिलो बर्ष तुसारोको कारण तरकारी कुइएपछि विक्री गर्न नपाएको उनको भनाई छ । यसबर्ष पनि काउली, बन्दा लगायतको तरकारी बजार नपाएको उनले बताए । उनका अनुसार टमाटार फाट्फुट मात्र विक्री भएका छन् । ‘कास्की नाउडाँडा वा पोखरा बजारसम्म पु¥याएको भए थोरैधेरै विक्री हुने थियो’ उनले भने, ‘बजारमा बोकेर लगिदैन । गाउमा ग्राहक आउदैनन् ।’ कृषि ज्ञान केन्द्रले अनुदानमा ६÷१२ को टर्नेल उपलब्ध गराएको थियो । टमाटार खेतीमा ८ हजार रुपैया व्यक्तिगत रुपमा खर्च भएको बताउदै उनले भने, ‘काउली, बन्दा, मुला, धनिया“, सिमी, बोडी लगायतको खेती यत्तिकै भयो ।’ उनले कत्तिपनि विक्री गर्न नपाएकाले खर्चसमेत उठाउन नसकिएको बताए ।


उनले गतबर्ष २ वटा टर्नेलमा लगाएको टमाटार यत्तिकै खेर गएको बताए । यसबर्ष एउटामा मात्र लगाएका छन् । यसबाट एकलटमा ५ क्वीन्टल टमाटार निकाल्नुपर्ने उनले बताए । विषादी प्रयोग गरेको भए एकलटमै ८ क्वीन्टल भन्दा बढी टमाटार उत्पादन हुने उनले बताए । ‘तरकारी खेतीबाट आम्दानी त राम्रो हो’ उनले भने, ‘यतिबेला बजार छैन, झन त्यहीमाथी अर्गानिकको ।’ विषादी प्रयोग गरेको टमाटार अहिले बजारमा सय रुपैयाको ३ किलो टमाटार पाइने उनले बताए । उनका अनुसार अहिले ५ किलोसम्म लैजानेलाई प्रतिकिलो ५० र ५ किलो भन्दा माथी लैजानेलाई प्रतिकिलो ४० रुपैयाको दरले विक्री गरिएको छ । उनले गतबर्ष प्रतिकिलो ८० रुपैयामा विक्री गरेको बताए । उनका अनुसार एकलटमा ६ क्वीण्टल उत्पादन भएको थियो । लेवाडे गाउँ तरकारी उत्पादनको लागि पकेट क्षेत्र मानिन्छ । यहाँ ४३ घरधुरी छन् । सवैजना व्यवसायीक कृषिमा नै आत्मर्निभर रहेको स्थानीय बोधमाया दाहाल बताउछिन् । कृषि ज्ञान केन्द्रले यस क्षेत्रलाई ४० वटा टर्नेलको लागि ३२ लाख रुपैया अनुदान दिएको शिवहरिले बताए । माटो परीक्षण गरेर खेती गरे अझै राम्रो उत्पादन हुने उनले बताए । २३ बर्षसम्म भारतीय सेनामा रहेका दाहाल २ बर्षअघि मात्र अवकास लिएका थिए । अवकासपछिको जिवन अर्गानिक तरकारी खेतीमा अर्पिएको बताउदै उनको तरकारी खेतीमा नै बाँकी जिवन विताउने लक्ष्य छ । उनका श्रीमती र दुई छोरा छन् ।
कृषक कालिका भण्डारी ८ बर्षदेखी व्यवसायीक तरकारी खेती गर्दै आएकी छन् । अर्गानिक खेती गरेर राम्रो आम्दानी गरेको बताउने उनले यतिबेला तरकारीले बजार नपाएको बताइन् । उनको पनि गुनासो शिवहरीको भन्दा फरक छैन् । भन्छिन, ‘तरकारी अर्गानिक भएकै कारण बजार नपाएको हो । यदी विषादी प्रयोग गरिएको हुन्थ्यो भने बजारको कुनै समस्या हुने थिएन ।’ उनले दुई रोपनी क्षेत्रफलमा एक्लै तरकारी खेती लगाउदै आएकी छन् । श्रीमान व्यवसायको लागि चितवन छन् । ३ छोरी र एकछोरा तरकारीबाटै हुने आम्दानीले अध्यापन गरेको बताउने उनले भनिन, ‘बजारमा लगेर विक्री गरिदैन । यदी हामीले लगेउ भने मुल्य १०÷१५ रुपैया बढी हुन्छ । घरमै आउनेलाई मिलाएर दिन्छौ ।’ उनको दुईवटा टर्नेलभरी टमाटार छन् । ग्राहक नआएका कारण भनेजस्तो विक्री नभएको उनले बताइन् । उनकोमा यतिबेला काउली, बन्दा र टमाटार छन् । तरकारी खेतीबाट उनले खर्चसहित बार्षिक ३ लाख रुपैया आम्दानी गरेको बताइन् । तरबारीबाटै जिविकोपार्जन गर्न सहज भएको उनको भनाई छ । उनी पेशाले स्वमसेविकासमेत हुन् । उनले बजारमा ५० र घरमा आउनेलाई प्रतिकिलो ४० रुपैयाको दरले टमाटार विक्री गरेको बताइन् । यी सकिने वित्तिकै काउली, बोडी सिमी, घिरौला र काक्रोको सिजन हुने उनले जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *