मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरिएको ‘आइस एक्स’ अव अन्र्तराष्ट्रिय संग्रहालयमा राखिने

Share this post :

Facebook
Twitter
WhatsApp

विश्वमै पहिलोपटक हिमालमा मानव जातिको पाइला परेको उपलक्ष्यमा आयोजित ‘हिरक महोत्सव’ विभिन्न कार्यक्रम गरी मनाइएको छ । ७५ वर्षअघि ८ हजार मिटरमाथिको अन्नपूर्ण हिमाल आरोहण गरेका फ्रान्सेली नागरिक मौरिस हर्जोगको सम्झनामा हिरक महोत्सव मनाइएको हो ।
सोही अवसरमा विहीवार पोखरामा हर्जोगले हिमाल आरोहणको क्रममा प्रयोग गरिएको ‘आइस एक्स’ अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण गरेका छन् । मौरिसका छोरा माथियास हर्जोगले संग्रहालयमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई आइस एक्स हस्तान्तरण गरेका हुन् । उनले बुवाले प्रयोग गरेको उक्त हतियार केही दिनअघि फ्रान्सबाट नेपाल ल्याएका थिए ।
माथियासले हिमालको बयान गर्दै पुराना सामान संरक्षण गर्न जरुरी रहेको बताए । उनले नेपालमा ल्याएर आइस एक्स बुझाउन पाउँदा खुशी मिलेको सुनाए । पर्यटनमन्त्री पाण्डेले आइस एक्स लिदै संग्रहालय नै इतिहास रहेको बताए । उनले नयाँ पुस्तालाई पनि बुझाउन सकिने गरी आइस एक्सको संरक्षण गर्न जरुरी रहेको सुनाए । ‘यो हाम्रो इतिहास हो । हामीले चाहेर पनि विर्सन सक्दैनौ’ उनले भने । यससंगै ‘अन्नपूर्ण’ नामक किताव पनि माथियासले हस्तान्रण गरेका छन् । अंग्रेजी अक्षरमा लेखिएको उक्त कितावलाई अव नेपाली भाषामा उल्लेख गर्ने तयारी रहेको संग्रहालयकी कार्यकारी निर्देशक निर्मला शर्माले बताइन् ।
अन्नपूर्ण आरोहीहरुको शालिक अनावरण र तत्कालीन अवस्थाका फोटोहरुको प्रर्दशनीसमेत गरिएको उक्त कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक न्यौपानेले आइस एक्स पर्यटनको क्षेत्रमा निकै महत्वपूर्ण रहेको बताइन् । उनले आइस एक्स इतिहास रहेको बताउदै संग्रहालयमा सजाएर राखिने बताइन् । ७५ वर्षअघि मौरिस भारतबाट भैरहवा हुँदै अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । पहिलोपटक हिमाल आरोहण गरेकाले अन्नपूर्णलाई पहिलो हिमालकोरुपमा पनि चिनिन्छ ।
नेपाल पर्यटन बोर्डको आयोजना, ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सहआयोजनामा गत १७ गतेदेखि विहीवारसम्म हिरक महोत्सवको आयोजना गरिएको थियो । यसै क्रममा अन्नपूर्ण वेस क्याममा मौरिज हर्जोगको शालीक अनावरणसमेत गरिएको छ ।

One Response

Leave a Reply to * * * Unlock Free Spins Today: https://eocenovani.cz/index.php?zujkcm * * * hs=a60d893dbbe905919d072c62430dbc1f* ххх* Cancel reply

Your email address will not be published. Required fields are marked *