समाज

एकद्वार नीति खारेज गर्न बिज्ञापन एजेन्सीहरुको माग

बिज्ञापन नियमनको नाममा सरकारले आफ्नो रोजिरोटी खोस्न थालेको भन्दै नेपालका बिज्ञापन एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् ।गएको बर्ष सरकारले बिज्ञापन बोर्ड गठन गरी सरकारी बिज्ञापनलाई एकद्वारा नीति मार्फत प्रकाशन तथा प्रसारण...

एकद्वार नीति खारेज गर्न बिज्ञापन एजेन्सीहरुको माग

बिज्ञापन नियमनको नाममा सरकारले आफ्नो रोजिरोटी खोस्न थालेको भन्दै नेपालका बिज्ञापन एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् ।
गएको बर्ष सरकारले बिज्ञापन बोर्ड गठन गरी सरकारी बिज्ञापनलाई एकद्वारा नीति मार्फत प्रकाशन तथा प्रसारण गर्ने गराउने कार्य योजना ल्याए पछि नेपालका बिज्ञापन एजेन्सीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । बिशेषगरी सरकारी क्षेत्रको बिज्ञापनमा काम गर्ने एजेन्सिहरुले सरकारको यो नीतिले आफुहरुको रोजिरोटी खोसिने भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
सूचना तथा संचार मन्त्रालयमार्फत गठित बिज्ञापन बोर्डले आव २०७८÷८९का लागि सूचिकरण हुन बिज्ञापन एजेन्सीहरुलाई आग्रह गरेको छ ।
बोर्डले बिज्ञापन नियमावली २०७६ को अनुसुची २६ तथा बिज्ञापन (नियमन गर्ने) नियमावली २०७७ को (नियम ११) बमोजिम आउँदो चैत्र ६ सम्म प्रकृया पु¥याएर बोर्डमा सूचिकृत हुन सूचना प्रकाशन गरिसकेको छ ।
सूचिकृत एजेन्सीहरुलाई बोर्डको नियमावलीको अनुसुचि ४ बमोजिम कारोवार, उत्पादन लगाएत ७ वटा क्राईट एरिया राखेर क,ख,ग,घ बर्गमा बर्गिकरण गर्ने छ । सोहि बर्गीकरणको आधारमा समानुपातिक प्रणालीमार्फत बिज्ञापन वितरण गर्ने बोर्डको तैयारी छ ।
यता बिज्ञापन एजेन्सीहरुको छाता संगठन नेपाल बिज्ञापन संघले बोर्डको यो नीतिको बिरोध गरेको छ । सरकारले विज्ञापन एजेन्सजीसंग समन्वय नै नगरी एक पक्षीय रुपमा बिज्ञापन क्षेत्रलाई व्यवस्थित तथा नियमन गर्ने निहुँमा एजेन्सीहरुले काम गरी खाने वातावरण समाप्त पार्न खोजेको एजेन्सीहरुले आरोप लागाएका छन् ।
बोर्डको यो एकद्वार नीतिले आफुहरुको काम गरी खाने वातावरण समाप्त हुने भन्दै त्यस्तो हुन नदिन आफुहरु कानुनी उपचारमा जाने एजेन्सीहरुको भनाई छ । नेपाल बिज्ञापन संघको नेतृत्वमा कानुनी उपचारमा जाने तैयारी रहेको संघका उपाध्यक्ष पिताम्वर पोख्रेलले बताए । उनका अनुसार कानुनी उपचारका लागि बिभिन्न एजेन्सी तथा संम्वद्ध निकायहरुसंग छलफल भइरहको छ ।
आफुहरुको यो कानुनी उपचार सफल भए यस क्षेत्रमा काम गर्ने झण्डै २ हजार जनाको रोजगारी बच्ने समेत उनको भनाई छ ।
नेपाल बिज्ञापन संघमा अहिले झण्डै १ सय ५० एजेन्सीहरु आवद्ध छन् ।

सम्बन्धित समाचार