भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। ४१ वर्षीय शुक्लालाई बिहान हृदयघात भएको थियो।
उनी आमा र दुई बहिनीसँग बस्थे। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए। टेलिभिजन सिरियल  बाबुलका आंगन छुटे नाुबाट उनले डेब्यू गरेका थिए।
उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *