२४ घण्टामा ८३४ कोरोना संक्रमित

नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप आठ सय ३४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार सात सय ३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै अहिले नेपालमा १९ हजार एक सय ४२ सक्रिय संक्रमित छन्। एक हजार दुई सय ७९ जना निको भएको मन्त्रालयले जनाएको छ।
यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार नौ सय ९६ जनाको मृत्यु भएको छ।
यसैगरी काठमाडौं उपत्यकामा थप दुई सय ७९ जना कोरोना संक्रमित थपिएका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *