पोखरामा १५ लाख नगदसहित ११ जुवाडे पक्राउ

यहाँको माछापुच्छे गाउँपालिकामा–२ तातोपानीस्थित बुधबार विहान तास खेलिरहेका ११ जना जुवाडेलाई १५ लाख २४ हजार नगदसहित कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गापा–३ का २८ बर्षिय कमल भण्डारी, पोखरा महानगर–१७ का २३ बर्षिय सरोज श्रेष्ठ, स्याङ्जाको पुतलीबजार नपा–२ का २८ बर्षिय दिपेश गुरुङ रहेका छन् ।
यस्तै, अर्घाखाँची भुमिकास्थान नपा–२ घर भई हाल पोखरा–१७ बस्ने ३४ बर्षिय दामोदर पौडेल, पोखरा–१७ का २६ बर्षिय विनय गुरुङ, सोही ठाउँका ३२ बर्षिय कोकर्ण केसी, चितवल भरतपुर महानगर–१ घर भई पोखरा बस्ने ३५ बर्षिय कोराजु घिमिरे, पोखरा–८ का ४३ बर्षिय नारायण सिग्देल, पोखरा–६ का ४३ बर्षिय राजु कार्की, पोखरा–२६ का ३३ बर्षिय स्वागत रानाभाट र बाग्लुङ नपा–८ घर भई हाल पोखरा–१७ बस्ने ३९ बर्षिय मनबहादुर खड्का रहेका छन् ।

तातोपानी ईन होटलमा जुवा खेलिरहेको सुचनाको आधारमा प्रहरीले विहान ४ बजे उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले नगर रकमसहित ५२ पत्ति तासपनि बरामद गरेको जनाएको छ । पक्राउ परेका ११ जनालाई नै बुधबार जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *