प्रदेश

कास्कीमा देउसी भैलो कार्यक्रम राति १० बजेसम्म मात्र

जिल्ला प्रशासन कार्यालय कास्कीले देउसी भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले देउसी भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ।
तिहार छठ लगायतका पर्वहरु नजिकिंदै गर्दा प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै देउसी भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको हो।
कोभिड (१९ को संक्रमण नघटेकोले गर्दा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर मात्र कार्यक्रम संचालन प्रशासनले आग्रह गरेको छ ।
यस्तै, विज्ञप्तिमा पटका,आतासबाजी झिरझिरे,भूँईचम्पा जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न तथा नगराउन र त्यस्ता पदार्थहरुको ओसारपसार र बिक्री नगर्न भनिएको छ ।
यसबाहेक मादक पदार्थको सेवन गरी शान्ती सुरक्षालाई असर पार्ने गतिविधी नगर्न, भीडभाड जन्य गतिविधी गरी समाजमा अशोभनीय क्रियाकलापजन्य कार्यहरु नगर्न र मठ, मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा अनावश्यक भीड नगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पूजापाठ लगायतका क्रियाकलाप गर्न प्रशासनले आग्रह गरेको छ। अन्यथा कानून बमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार