समाज

कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा सञ्चालन गर्न र वैशाखमा नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।सूचनाका अनुसा...

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा सञ्चालन गर्न र वैशाखमा नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोनकोभिड १९ संक्रमणले विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको छ ।
विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मा विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । , एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै सञ्चालन गर्नुपर्नेछ । विद्यालयहरूले नयाँ शैक्षिक सत्र वैशाखमा नै सुरु गर्ने र जेठ १ गतेबाट पठनपाठन पनि सुरु गर्नुपर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार