समाज

वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका ३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण आइई अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ ।

पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका ३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण आइई अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता भएको सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिएका छन ।
वातावरणीय परीक्षणबाट अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक(आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्नसक्ने र वातावरणीय प्रभाव पहिचान, सम्भावना र विश्लेषण गर्ने ।
प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रित हुने र यस कार्यले परियोजना वा अस्पताल क्षेत्र तथा वरपरका समुदायलाई पर्यावरणीय स्रोत, सामाजिक–आर्थिक र स्वास्थ्य लाभमा सुधार हुनसक्ने वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चार महिनाभित्र पूरा गर्नुपर्ने जानकारी दिएका छन ।
पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा बृहत् योजना भएको र आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकाले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालनको तयारी गरिरहेको जानकारी दिएका छन । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शय्याको अस्पतालको रूपमा प्रयोग गर्ने विश्वविद्यालयले बोलपत्र आह्वान गरेको छ ।

 

सम्बन्धित समाचार