गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न आग्रह गरेका छन् । का“ग्रेस, माओवादी केन्द्र लगायत ५ दलिय गठबन्धन मजबुद्ध भए मात्र व्यवस्था बलियो हुने बताए । ‘राजनीतिमा आएको परिवर्तन र मुलुकको परिवर्तन खोस्ने प्रवृति जोगाउनलाई गठबन्धन गरेका हौ’ उनले भने । माओवादी केन्द्र पोखरा महानगरपालिकाको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अहिले पार्टीमा टिकट पाउने रक्सारक्सी भए पनि टिकट पाएपछि अप्ठ्यारो नमानी एक भएर लाग्नुपर्ने उनको भनाई थियो । ‘चितवनमा जस्तै एकताको सन्देश दिनुपर्छ’ उनले भने, ‘टिकट पाउने क्रममा प्रतिस्पर्धा हुनु स्वभाविक हो ।’
गठबन्धनलाई मजबुद बनायौ– मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न आग्रह गरेका छन् ।




