राजु थापा जो युवालाई उद्यमी बनाउँन चाहान्छन्

चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर नेपाली काँग्रेसका नेता राजु थापाको मन भत्भति पोल्छ । युवालाई आफ्नै भूमिमा अड्याउँने उपाय उनीसँग छ । तर, त्यसका लागि संघ, प्रदेश र स्थानीय तहले उद्यमशिलता प्रवद्र्धन गर्ने नीति बनाउन जरुरी छ । नीति निर्माणको महत्वपूण तहमा पुगेर युवा शक्तिलाई आफ्नै परिवारसँग बस्ने वातावरण बनाउने उनको सपना छ ।
संघिय संदमा पुगेर उद्यमशिलता र युवा स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीति बनाउन उनी स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् । पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा उनले मत मात्रै मागेका छैनन्, युवा उद्यमीलाई हौस्याएका पनि छन् । सानादेखि मध्यस्तरका उद्यमि, कृषकलाई उनीहरुकै घरसम्म पुगेर प्रशंसा गर्छन् । उद्यमलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्न हौस्याउँछन् । उद्यमी, कृषक, स्वरोजगार व्यवसायीसँगको भेटलाई प्राथमिकता दिदै उनले एउटै पेसामा टिकाई रहन पनि आफ्नो भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । सरकारले उद्यमी उत्पादन गर्न नीति मात्रै बनाएर नपुग्ने बताउँदै नेता थापाले व्यवहारिक रुपमै सहयोग गर्नुपर्ने र उद्यम सुरु गरिसकेपछि त्यसलाई जोगाउने उपायको पनि खोजी गर्नुपर्ने बताए ।
उनी युवादेखि वृद्धवृद्धासम्मलाई भेटेर आफूलाई जिताउन आह्वान गरिरहेका छन् । कृषि, पर्यटन, उद्यम नै उनको पहिलो प्राथमिकता हो । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका थापा प्रत्यक्ष निर्वाचनको यो तेस्रो अनुभव हो । यसभन्दा अघि दुई वटा संघिय चुनाव लडेका थापाले कतिपय योजना योजनामै सिमित रहेकाले पुरा गर्नको लागि पनि एकपटक पुनः आफूलाई जिताउन मतदातासँग अनुरोध गरेका छन् । उनले मतदाताका सपना नै आफ्नै सपना जस्तै लिएर बोलेका र मतदातालाई दिएका आश्वासन ५ वर्षभित्र पुरा गर्ने बाचा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *