पुस १३ गते लीलादेवी नेपालीले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई शुक्लागण्डकी गाउँपालिका २ हलेदी वा २ क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार नेपालीकी आमाको ज्यान गयो । ठक्करबाट घाइते भएकी उनको उपचारको क्रममा पुस १७ गते निधन भएको थियो । अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–३३ का वडा सदस्य नेपालीको चालक अनुमतिपत्र नभएको पाइएपछि माघ ८ गते नेपालीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । माघ १२ गते नेपाली र ट्रिपर चालक तिलक श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको हो । वडासदस्य आज सवारी ज्यान मुद्दामा जेल चलान भएकी हुन् । माघ ८ गते पक्राउ परेकी वडा सदस्य नेपालीलाई जिल्ला अदालत तनहुँले माघ १२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
छुटाउनुभयो कि
प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद भवन नयाँ वानेश्वरमा सूचना टाँसेर बैठक स्थगित भएकाे सूचना…
रबिबिरूद्ध अर्को उजुरी
रबि लामिछाने बिरूद्ध दोहरो पासपोर्ट लिएको आरोपमा अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज सफलले अध्यामन…
गण्डकी प्रदेशसभामा विषयगत समिति गठन
गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिनापछि मंगलबार विषयगत समिति गठन गरिएको छ । राजनीतिक भागवण्डाका कारण सहमति नजुट्दा…