स्याङ्जामा आगलागी हुदाँ एक जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित आगलागी हुदाँ स्थानीय टिकाराम कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार दिउँसो २ बजेको समयमा बारी र खरबारीमा लागेको आगो साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागी हुदाँ बेहोस भएका कुवँरको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
छुटाउनुभयो कि
शरणार्थी प्रकरणले प्रहरी ‘गुटबन्दी’ छताछुल्ल
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी पनि छताछुल्ल भएको छ । यो प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर नै…
स्वस्थानी व्रत आरम्भ
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना…
रामजीप्रसाद बराल ‘जीवन’ : व्रिदोह चेतमा उभिएका एक अविचलित योद्धा
गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक, लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने…