राष्ट्रिय स्वतन्त्रका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका छन् । आज बसेको प्रतिनिधिसभाको वैठकमा उनले माफी मागे हुन् । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजानिक भएपछि परियारले संसदमा माफी मागेका छन् ।
उनले अडियोको विषयमा पार्टी गम्भिर भएको बताउदै छानविन भइरहेको बताए । उनले यस विषयमा सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिएको पनि बताए । परियारले विगतका यस्तै घटना पनि छानविनमा आउनुपर्ने बताउदै भने, ‘सुशासन र भ्रष्टाचार अभियान बोकेको रास्वपाकै प्रतिनिधिसभा सदस्यमार्फत भएको घटनाका कारण संसदको गरिमामा परेको आँचप्रति हामी क्षमाप्रार्थी छौं ।’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले माफी मागे
राष्ट्रिय स्वतन्त्रका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका छन् । आज बसेको प्रतिनिधिसभाको वैठकमा उनले माफी मागे हुन् ।



