वैशाख ९ मा बसेको प्रदेशसभा वैठकमा बोल्दै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भनेका थिए, ‘मन्त्रालयको संख्या त घटाइयो तर, कार्यक्षेत्र चित्त बुझ्दो बनाइएन् ।राजनीतिक दलबीच सहमति गराउने भन्दै गर्दा अर्को दललाई मन्त्रालय ठूलो बन्छ भन्ने हेतुले एमालेले कार्यक्षेत्र नमिल्ने गरी मन्त्रालय गाभ्यो । जहाँ काम गर्न सकस छ ।’ उनको यो भनाईले पुष्टि हुन्छ की मन्त्रालयको कार्य विभाजनले मिलेको थिएन् । उदाहरणका लागि कृषि मन्त्रालयमा भएको सहकारीलाई अर्थ मन्त्रालयम गाभियो ।उर्जा, जलस्रोत र सिँचाईलाई कृषि मन्त्रालयमा गाभियो । जसले कर्मचारीबीच द्धन्द्ध त बनायो नै कार्यक्रम कार्यान्वयनमा पनि समस्या निम्त्यायो । वैशाख १४ मा मुख्यमन्त्री नियुक्त भएपछि सुरेन्द्रराज पाण्डेले गण्डकीमा मन्त्रालयको संख्या ७ बाट नबढ्ने प्रतिक्रिया दिएका थिए । एमालेका खगराज अधिकारीले १२ बाट मन्त्रालय घटाएर ७ मा कायम गरेका थिए । सत्ता गठबन्धनलाई भाग पु¥याउन मन्त्रालय टुक्राउने तयारी सरकारको छ ।अधिकारी नेतृत्व सरकारले मन्त्रालय गाभ्दा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई कृषिमा लगेका थिए । सोही मन्त्रालयलाई फुटाएर उर्जा, जलस्रोत तथा खानेपानीको छुट्टै मन्त्रालय कायम राखिने भएको हो । स्रोतका अनुसार मन्त्रालयको संख्या बढेर ८ पुग्दैन् । योजना र काम नभएको आन्तरिक तथा मामिला मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभ्ने तयारी मुख्यमन्त्रीको छ । मन्त्रालय फुटाइए पनि संख्या भने थप नहुने स्रोतले जनायो ।अर्थ मन्त्रालयमा गाभिएको सहकारी विभागलाई भने पुनः कृषि मन्त्रालयमा नै लैजाने गरी छलफल भइरहेको स्रोतले जनायो । ‘मन्त्रालय बाडफाँटमै समस्या छ’ माओवादी निकट एक सांसदले भने, ‘गण्डकीमा सरकारको नेतृत्व कांग्रेसले गर्ने भएपछि माओवादीले तीन वटा मन्त्रालयको दावी गरेको छ । मन्त्रालयसंगै मन्त्रालयका कार्य विभाजन सच्याउनुपर्ने माग छ । उर्जा र खानेपानी मन्त्रालय स्थापना हुँदा भौतिकमा थियो । पछि फुटाएर छुट्टै मन्त्रालय बनाइयो । एमालेको नेतृत्वमा सरकार बनेपछि पुनः उक्त मन्त्रालयलाई कृषिमा गाभियो । सोही विषयलाई लिएर यतिबेला कांग्रेस माओवादीको टकराव परेको हो ।माओवादीले उर्जा र खानेपानीलाई भौतिक मन्त्रालयमा गाभ्न माग राख्दा कांग्रेसले भौतिक माओवादीको भागमा परे प्रदेशको ठूलो मन्त्रालय माओवादीको पोल्टामा पर्छ भनेर सहमति नभएको ती सांसदले बताए । उनका अनुसार उर्जा तथा खानेपानीलाई छुट्टै मन्त्रालय बनाएर कांग्रेसले मन्त्री बनाउने सोचमा छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अर्थ मन्त्रालयमा माओवादीको दावी स्वभाविक रहेको बताए ।मुख्यमन्त्री पाण्डेले विगतमा दिनमा कांग्रेस र माओवादी सरकारमा हुदा विवादित भएका कारण अर्थ आफ्ले राख्न चाहेको बताइएको छ । यसो त, माओवादीले भौतिक र सामाजिकसहित उर्जा मन्त्रालयको दावी गरेको छ । मन्त्रालयको कार्यक्षेत्रलाई मिलाएर मन्त्रालयको भागवण्डा भएपछि मात्र मुख्यमन्त्री क्याविनेट विस्तार गर्ने तयारीमा छन् ।यसभन्दा अघि मुख्यमन्त्रीले विहीवार विश्वासको मत लिएका छन् । मुख्यमन्त्री सचिवालयका अनुसार मन्त्रालयको भागवण्डा पनि केन्द्रबाट नै हुने भएकाले पहिला विश्वासको मत लिएपछि मात्र मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिइनेछ । मुख्यमन्त्री नियुक्त हुदा पाण्डेले दुई महिला मन्त्री बनाएका थिए । अव ४ मन्त्री नियुक्त गर्नुपर्ने छ । यसो त, कांग्रेसभित्र पनि विभिन्न तहका समूह र उपसमूह हुदा भागवण्डा मिलाउन यतिबेला पाण्डेलाई सहस छ ।
छुटाउनुभयो कि?
जनप्रियले संझियो गणेशमान पालिखेलाई
मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर…
प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता शुक्रबारदेखि
कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले…
पोखरा विमानस्थलको उद्घाटन भोली, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने
नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (पुस १७) पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन हुने भएको छ । प्राधिकरणले…