समाज

आकार घटेर आयाे गण्डकीकाे बजेट

चालू आर्थिक वर्षमा ३५ अर्व ९० कराेड ९० लाख बजेट ल्याएकाे गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आकार घटाएर बजेट ल्याएकाे छ ।

आकार घटेर आयाे गण्डकीकाे बजेट

चालू आर्थिक वर्षमा ३५ अर्व ९० कराेड ९० लाख बजेट ल्याएकाे गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आकार घटाएर बजेट ल्याएकाे छ ।

कृषिलाई प्राथमिकता दिदै प्रत्येक वर्ष विवादित बन्दै आएको पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजानिक गरेको छ । यो चालु आर्थिक वर्षकोभन्दा २ अर्ब ४८ करोड १८ लाखले कम हो ।

आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले बजेट सार्वजानिक गर्दै चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.१ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात् ६०.४ प्रतिशत विनियोजन गरेको जानकारी दिए ।
वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.५ प्रतिशत) र आगामी आर्थिक वर्षमा १.५ प्रतिशत सञ्चित कोषमाथि व्ययभार हुनेछ । संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ७ अर्ब ६२ करोड २५ लाख, राजस्व फाँडफाँटतर्फ ९ अर्ब ५ करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट ४० करोड ८ लाख १६ हजार, सशर्त अनुदानतर्फ ४ अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदानतर्फ ८४ करोड र विशेष अनुदानतर्फ ७० करोड रहेको छ । साथै चालु आर्थिक वर्षमा खर्च भई अनुमानित मौज्दात ३ अर्ब उपयोग गरिनेछ । उक्त रकम पनि अपुग भएमा १ अर्ब ७० करोड आन्तरिक ऋण लिने अर्थमन्त्री आलेले बताए ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ (चारवटै अनुदान, वित्तीय समानीकरण, समपुरक, सशर्त र विशेष) १ अर्ब १६ करोड बजेट राखेको छ । प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा स्थानीय तहको मागबमोजिम समपुरक आयोजना सञ्‍चालन गर्न ४९ करोड ४० लाख विनियोजन गरेको छ ।
प्रदेश सरकारको क्षेत्राधिकारभित्रका आयोजनालाई स्थानीय तहमार्फत कार्यान्वयन गराउन ससर्त अनुदान २३ करोड ६५ लाख, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा आर्थिक सामाजिक विभेद अन्त्यका लागि विशेष अनुदान १९ करोड २० लाख राखिएको छ । स्थानीय तहसँगको साझेदारीमा प्रशासनिक भवन निर्माणका लागि २० करोड राखिएको छ । बजेटले अधिकांश पुरानै योजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

सम्बन्धित समाचार