१९ ओै एसियन गेममा सहभागी हुन जाने रग्बी, आर्चरी, भराेत्तलनका खेलाडी बिदाई सभालाई सम्बाेधन गर्दै गण्डकी प्रदेशका समाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेल क्षेत्रलाई संगै लिएर गण्डकी प्रदेश सरकार अघि बढ्ने बताईन ।
खेलाडी र काेचकाे गुनासो लाई सम्बाेधन गर्दै उनले खेल क्षेत्रमा धेरै समस्या रहेकाे बताईन् । रंगशालाभित्र थेरापी सेन्टर स्थापनाकाे लागि छलफल भईरहेकाे बताउदै उनले खेलाडीकाे माग सम्बाेधन हुने बताए ।
चिनकाे हाेन्जाउ शहर असाेज ६ देखि २३ गतेसम्म हुने १९ अाैं एसियन गेममा नेपालका २६ खेलमा सहभागी जनाउदै छन् । यस गेममा सहभागी हुन जाने, हेन्डबल रग्बी, आर्चरी, भराेत्तलनका खेलाडी बिदाई गरिएकाे छ ।




