एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा कास्की प्रहरीले भारतीय एक युवकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको जनाएको छ ।

ठाकुर नयाँबजारस्थित बबी ठाकुर सैलुनका सञ्चालक हुन् । ठाकुरले एटिएमको ढोका फोडेर मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई पैसा निकाल्ने प्रयास गरेको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो । ठाकुरलाई चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थपगरी अनुसन्धान अगाडि बढाइने डीएसपी श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *