कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ ईदिखोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले जेसिविलाई नियन्त्रणमा लिएको छ । आइतबार अस्थायी प्रहरी पोष्ट भेडावारीबाट खटिएको प्रहरी टोलिले ना १ क ४७४२ नम्बरको जेसिविलाई नियन्त्रणमा लिएको हो । उक्त जेसिवि र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको माछापुच्छ्रे गाँउपालिकाको कार्यालय लाहाचोक कास्कीमा पठाईएको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।
छुटाउनुभयो कि?
ओली सरकारको पालामा ठेक्का तयारीमा रहेका योजना अलपत्र
चैत १, २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकैपटक ८६ वटा योजनाको शिलन्यास गरे । भर्चुअल माध्यमबाट ओली…
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आज
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुदैछ । बुधबार दिउँसो २ बजेबाट वैठक संचालन हुने गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ…
पोखरामा मतगणनामा रोकियो
पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने अडान नेकपा एमालेले लिएपछि पोखरामा जारी मतगणना रोकिएको छ ।…