आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि स्याङ्जामा २८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । विभिन्न राजनीतिक दलसहित तीन जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा दुई र दुईमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको हो । स्याङ्जामा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट क्षेत्र नम्बर १ मा शैलेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए । यस्तै, रास्वपाबाट धनन्जय रेग्मी, नेपाली काँग्रेसबाट भरत ढकाल, नेकपा एमालेबाट मिनप्रसाद गुरुङ रहेका छन् । यसैगरी श्रम संस्कृति, प्रजातन्त्र लोकतान्त्रि पार्टी, नेकपा माओवादी, उज्यालो नेपाल, मंगोल नेसनल अर्गानाईजेसन, राप्रपाले पनि उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर दुईमा नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विक, रास्वपाबाट झविलाल डुम्रे, काँग्रेसबाट भागवत प्रकाश मल्ल, एमालेबाट खिमबहादुर थापा रहेका छन् । यसैगरी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, राप्रपा, रा.जनमोर्चा, मंगल नेसनल, जयमात्रीभूमि, रा. जनमुक्तिबाट पनि उम्मेदवारी परेको छ ।

