स्याङ्जा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

वालिङबाट चापाकोटतर्फ जादै गरेको ट्याक्टर दुर्घटनामा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–७ केवरेका ६५ वर्षिय डोलराज कोइराला र कैलालीको टिकापुर नपा–७ का ३५ वर्षिय राजकुमार चौधरी रहेका छन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा चिकित्सकले मृत्त घोषण गरेका हुन् । जिल्ला प्रहरीका अनुसार आज दिउँसो वालिङबाट लु ३ त ५१७३ नम्बरको ट्याक्टर ढुँगा लिएर जाने क्रममा अनियन्त्रित हुँदा सडकबाट १० मिटर तल खसेको थियो ।
यसैगरी दुर्घटनामा चार जना घाइते भएका छन् । जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी प्रशन्नराज चौधरीका अनुसार घाइते हुनेमा पश्चिम नवलपरासीको सरल गापा–१ का २८ वर्षिय लालबहादुर सुनार, कैलालीको लम्की नपा–५ का २२ वर्षिय श्याम चौधरी, सोही ठाउँका ३९ वर्षिय लक्ष्मण चौधरी र दाङको राप्ती गापा–५ का ३५ वर्षिय हुकुमबहादुर दर्लामी रहेका छन् । उनीहरुलाई वालिङ स्वास्थ्य केन्द्रले प्रारम्भिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *