पत्रकार त्रिभुवन पौडेलको सम्झनामा दोस्रो त्रिभुवन स्मृति कप आयोजना हुने

Share this post :

Facebook
Twitter
WhatsApp

पोखराको फुटबल इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको परिवर्तन युवा क्लब, पोखरा–२२ ठुलिबीडिले दोस्रो त्रिभुवन स्मृति कप–२०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिताको औपचारिक जानकारी दिन आयोजक क्लबले शनिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेको छ।
क्लबका अध्यक्ष सुदिप बरालले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी दिए ।
“समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिता यही फागुन ७ देखि ९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित सिम्लेपाखा खेलमैदानमा सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक परिवर्तन युवा क्लबका पदाधिकारीले यस प्रतियोगिता केवल खेलकुद प्रतिस्पर्धा मात्र नभई स्वर्गीय त्रिभुवनप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यसहित आयोजना गरिएको स्पष्ट पारे । ५‘ए’ साइड फुटबल विधामा सञ्चालन हुने यस प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।

खेलमा प्रथम पुरस्कार नगद ८० हजार ५५५ शिल, मेडल र प्रमाणपत्र द्धितिय पुरस्कार ४० हजार ५५५ शिल, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको छ ।

परिवर्तन युवा क्लब विगतदेखि नै खेलकुद विकाससँगै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय रहँदै आएको क्लब हो । क्लबले विभिन्न समयमा सरसफाइ अभियान, विपद् सहयोग तथा युवालाई लक्षित सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस पटकको प्रतियोगिताबाट संकलित केही रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्षले पत्रकार सम्मेलनमा बोल्दै भने,
“फुटबल हाम्रो लागि केवल खेल मात्र होइन, समाज परिवर्तनको माध्यम पनि हो । दोस्रो त्रिभुवन स्मृति कप मार्फत हामी खेलकुदको विकाससँगै सामाजिक सेवामा पनि योगदान दिन चाहन्छौँ ।”

प्रतियोगितालाई सफल बनाउन विभिन्न प्रतिष्ठित संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूको साथ रहेको छ । एसियन कन्क्रिटो (Asian Concreto) को मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा पोखरा हटलाईन मिडिया पार्टनर, पोखरा इन्टरनेट इन्टरनेट पार्टनर, अन्य साउन्ड तथा हस्पिटालिटी पार्टनरहरूको समेत सहकार्य रहेको आयोजकले जानकारी दिएको छ ।

यसले प्रतियोगिताको स्तर र विश्वसनीयता थप मजबुत बनाएको पत्रकार सम्मेलनमा सहभागीहरूले प्रतिक्रिया दिएका थिए ।
फुटबल पोखरामा लोकप्रिय बन्दै गएको खेल विधा हो । यस प्रतियोगितामा स्थानीय तथा आसपासका उत्कृष्ट टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतिस्पर्धात्मक खेल, अनुशासित व्यवस्थापन र रोमाञ्चक वातावरणका कारण दर्शकको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ ।

One Response

Leave a Reply to Elise3444 Cancel reply

Your email address will not be published. Required fields are marked *