अर्जुन हिताङ
राष्ट्रिय सभामा पनि दुई ठुला दलले हातेमालोको बाटो रोजेका छन् । भाद्र २३ र २४ गतेपछिको जेन्जी आन्दोलनमा गठबन्धनमा थिए । उक्त घटनाले दुवै दल फरक मतभेद राख्दै गुपचुप छन् ।
दुई दल आमनेसामने संघिय तहको चुनावमा फरक ढङ्गबाट देखिएपनि यता राष्ट्रियसभाका २ रिक्त पदका लागि खुसुक्क हात मिलाउदै गठबन्धनरुपमा अघि सरेका छन् । गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त २ पदका लागि मतदान जारी रहेको छ । आज बिहान ९ बजेदेखि सुरु मतदानमा प्रदेश सभाका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी भइरहेका छन् । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
मतदानका लागि प्रदेश निर्वाचन कार्यालय पोखराको हातामा दुईवटा केन्द्र स्थापना गरिएको छ । जसमध्ये एउटा केन्द्रमा ५९ जना प्रदेश सभा सदस्यले मतदान गरिरहेका छन् भने अर्को केन्द्रमा १६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ । २०७६ सालमा निर्वाचित सदस्यको ६ वर्षे कार्यकाल आगामी फागुन २१ मा सकिने भएपछि नयाँ सदस्य छनोटका लागि यो प्रक्रिया सुरु गरिएको हो ।
गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी भगवती न्यौपानेको पदावधि सकिँदै गर्दा प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा उम्मेदवारी दिनकाे लागि राजीनामा दिएका थिए । उनीहरूको स्थानमा नयाँ राष्ट्रिय सभा सदस्यका लागी निर्वाचन निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा गण्डकीसहित देशैभर नेपाली कांग्रेस र नेकपा एमालेले साझा उम्मेदवार उठाएका छन् । गण्डकीमा एमालेबाट महिला क्लस्टरमा गाेरखाकी नेतृ सम्झना देवकोटाको उम्मेदवारी परेको छ । यसैगरी खुलातर्फ नेपाली कांग्रेसले प्राडा जगत तिमिल्सिनालाई उठाएको छ । उनी तनहुँका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिला कलष्टरमा नेकपाकी गोमा लुइँटेल घिमिरे र खुलाबाट कपिल लामालाई चुनावी मैदानमा उतारेको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले पनि खुलामा शंकरप्रसाद बराल र महिलामा अधिवक्ता लक्ष्मी बाँस्कोटालाई अघि सारेको छ । तर गठबन्धन (कांग्रेस र एमाले) का उम्मेदवारले झन्डै दुई तिहाई मतका साथ बिजयी हुने निश्चित जस्तै छ ।
३ बजे बजे मतदान सकिएलगत्तै गणना सुरु गरिने र साँझसम्म परिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।



One Response
Share our products, earn up to 40% per sale—apply today!