राष्ट्र बैंकको निर्देशन : निर्वाचनका लागि दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नु

नेपाल राष्ट्र बैंकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिलाई छुट्टै बैंक खाता खाेल्न निर्देशन दिएकाे छ ।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टाछुट्टै खाता खोल्नुपर्ने भएको हाे । निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले सोमबार परिपत्र जारी गरेर यस्तो निर्देशन दिएको हो ।

निर्देशनमा राजनीतिक दल, तीनका उम्मेदवार (समानुपातिक समेत) र स्वतन्त्र उम्मेदवारहरुले पनि निर्वाचन अवधिसम्मका लागि छुट्टै बैंक खाता खोल्न र सोही खाताबाट निर्वाचनका लागि खर्च गर्न निर्देशन जारी गरेको हो ।
निर्वाचन आयोग नेपालको अनुरोधबमोजिम आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी खाता खोल्नुपर्ने छ । ‘निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्रा (रुपैयाँ पैसा) को आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ,’ निर्देशनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *