निर्वाचन आयाेग : बालेन, महेश, हर्क, निकोलसलाई सोध्यो स्पष्टीकरण

Share this post :

Facebook
Twitter
WhatsApp

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाका ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएकामध्ये झापा-५ का बालेन्द्र शाह (बालेन), भक्तपुर-२ का महेश बस्नेत, सुनसरी-१ का हर्क साम्पाङ र रूपन्देही-२ का निकोलस भुसाल छन् ।

बालेनमाथि सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गरेको अमर्यादित टिप्पणीका आधारमा स्पष्टीकरण सोधिएको छ । बस्नेतलाई बालेनलाई ‘छाउरा’ भनेको लगायतका विषयमा, साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा र भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।

यस्तै, भक्तपुर-२ की उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको, हत्यारा, बलात्कारीजस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हाे ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *