हेड्स नेपाल गण्डकीको अध्यक्षमा भट्टराई

Share this post :

Facebook
Twitter
WhatsApp

हेड्स नेपाल गण्डकी प्रदेशको अध्यक्षमा हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् । शनिवार सम्पन्न हेड्स नेपाल गण्डकी प्रदेशको छैटौं साधारणसभा तथा चौथो अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद भण्डारी रहेका छन् । यसअधि महासचिव पदमा रहेका भण्डारी पनि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा अर्जुनप्रसाद श्रेष्ठ, महासचिव तिलप्रसाद श्रेष्ठ, सचिव माधव आचार्य र कोषाध्यक्ष डोलराज लम्साल रहेका छन् ।

अधिवेशनले सदस्यमा सरस्वति अधिकारी भण्डारी, कृष्णप्रसाद सापकोटा, अमृत पोखरेल, उज्वल अधिकारी, भिमप्रसाद पौडेल, सुमनकुमार श्रेष्ठ, सुमन कतिला श्रेष्ठ, रामबहादुर बस्नेत र दुर्गा मर्सानी रहेका छन् ।

दिलो ज्यानले मानव समुदायको सेवा गरौ भन्ने उदेश्यले २०५० सालमा गोरखाबाट स्थापना भएको यस संस्थाले स्वास्थ्य, शिक्षा, कृषि र प्रकोप तथा विपद् जस्ता क्षेत्रमा काम गर्दै आएको छ । नेपालका ७७ वटै जिल्लामा शाखा रहेको यो संस्था विश्वका १४ भन्दा बढी राष्ट्रहरूमा आकस्मिक, अभाव र आवश्यकताको मर्म अनुरूप सांगठनिक सन्जालको विस्तार भई सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

विभिन्न क्षेत्रमामा सहयोग गर्दै आएको संस्थाको यस कार्यकालमा नौ वटा वैठक सम्पन्न भएका छन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले जलवायु परिवर्तनको बारेमा बोलेका थिए । जलवायु परिवर्तानले खेतीयोग्य जमिन मासिदै गएको उदाहरण दिदै उनले प्रदेश र स्थानीय क्षेत्रमा पहुँच पुर्याउन अनुरोध गरे । जलवायुको क्षेत्रमा बजेट भए पनि सदुपयोग नहुने उनको तर्क थियो ।

One Response

Leave a Reply to Marian712 Cancel reply

Your email address will not be published. Required fields are marked *