स्याङ्जामा ‘जनमत मञ्च’ आयोजना हुँदै, उम्मेदवारबीच प्रत्यक्ष सवाल–जवाफ

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको पुतलीबजार नगरपालिकामा प्रतिनिधिसभा उम्मेदवारहरूबीच प्रत्यक्ष बहस कार्यक्रम ‘जनमत मञ्च’ आयोजना हुने भएको छ।
प्रवृद्वि मिडिया हाउस प्रा.लि.को आयोजनामा फागुन ६ गते सिटी हल, पुतलीबजार नगरपालिका–१ मा कार्यक्रम तय गरिएको हो । “सवाल जनताको, जवाफ नेताको” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू सहभागी हुने जनाइएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाल, नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरूङ, नेपालकी कम्युनिष्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनन्जय रेग्मी र राप्रपाका उम्मेदवार हुकुमबहादुर राना
उपस्थित रहने बताइएको कार्यक्रम संयाेजक प्रतीक्षा काफ्लेले जानकारी दिइन् ।
कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन हिताङले गर्नेछन् भने सहजीकरण राजेन्द्र बाँनियाले गर्ने जनाइएको छ । आयोजकका अनुसार स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदातालाई उम्मेदवारसँग प्रत्यक्ष प्रश्न गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले बहस कार्यक्रम राखिएको हो ।
आयोजकले जिल्लावासीलाई कार्यक्रममा उपस्थित भई आफ्ना जिज्ञासा तथा सरोकारका विषयमा उम्मेदवारसँग प्रत्यक्ष प्रश्न गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *