गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले जेन्जी आन्दोलन र भदौ २३ र २४ को घटनाको सत्यतथ्य बाहिर ल्याउन गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । सोमबार प्रदेशसभा वैठकमा बोल्दै उनले सिंहदरबारमा आगो झोस्ने र निहत्था युवामाथि गोली ठोक्ने को हो ? यसको हिसाब जनताले खोजेका छन् । निर्वाचनमा नयाँ र पुराना शक्तिबीचको संघर्षले मुलुकलाई सही बाटोमा लैजाने विश्वास उनको छ ।


