समाज

कपनबाट फरार अभियुक्त पुनः पक्राउ, खैरो हेरोइनसहित नियन्त्रणमा

लागूऔषध सम्बन्धी कसूरमा कारागारमा रहँदै फरार भएका एक अभियुक्तलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । जिल्ला सिन्धुली, कमलमाई नगरपालिका–४ घर भएका २८ वर्षीय चेत बहादुर रम्तेललाई काठमाडौं महानगर क्षेत्रबाट पक्राउ गरिएको हो।

एकैदिन अवैध लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषध सम्बन्धी कसूरमा कारागारमा रहँदै फरार भएका एक अभियुक्तलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

जिल्ला सिन्धुली, कमलमाई नगरपालिका–४ घर भएका २८ वर्षीय चेत बहादुर रम्तेललाई काठमाडौं महानगर क्षेत्रबाट पक्राउ गरिएको हो। उनी मिति २०८२ भदौ २४ गते सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका थिए ।

प्रहरीका अनुसार मिति २०८२ चैत ७ गते अपराह्न करिब ३:०० बजे काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित उनलाई पुनः पक्राउ गरिएको हो ।

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले रम्तेललाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २.३८ ग्राम, नगद रु. ७७,०००, दुई थान मोबाइल र एक डिजिटल तराजुसहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका रम्तेलमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार