तोलामा २ हजार ५ सय रुपैयाँ घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । आज सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको छ ।

अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ७५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अघिल्लो दिन प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *